back
stc
prabhu insurance
nabil

कृषि विकास बैंकको नाफा २३.७४% ले घट्यो

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशत ले घटेको हो । यो त्रैमाससम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी १३.३० प्रतिशत ले बढेको छ । यता बैंकको सञ्चालन नाफा भने १८.२५ प्रतिशत ले घटेको छ ।

यस्तै, इम्पेयरमेन्ट चार्च पनि ह्वात्तै बढेको छ । जसका कारण खुद नाफा प्रभावित भएको देखिन्छ ।

यता, बैंकले वितरणयोग्य नाफा भने १२५ प्रतिशत ले बढाएर ३ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ । कृषिको निक्षेप संकलन २.२६ प्रतिशत र कर्जा लगानी १८.५४ प्रतिशत ले बढेको छ ।

यता, पुँजी वृद्धि र खुद नाफामा गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी प्रभावित भएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७२ पैसाले घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ ।