प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा. लि.बिच आकर्षक छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लि. का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाटडिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमलात्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा.लि तर्फबाट अध्यक्ष डा.गणेश साहद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त प्रा ।लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटल प्रा ।लिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५००भन्दा कम भएमा छुट प्रदान नहुने बैंकले जनाएको छ ।
उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रा.लि. का मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक हरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,लोकहित डेन्टल हस्पिटल प्रा.लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७९ साउन २४ १७:४७




















