प्रभु बैंक लिमिटेड र त्रिशुली रीभर साइड रिर्सोटका बिच सम्झौता
काठमाडौं । गत २०७९ साउन २० गतेका दिन प्रभु बैंक लिमिटेड र त्रिशुली रीभर साइड रिर्सोटका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट गजुरी शाखा कार्यालय प्रमुख दिपक सिम्खडा र त्रिशुली रीभर साइड रिर्सोटका तर्फबाट प्रोप्राइटर उद्धब कंडेलद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र उक्त रिर्सोटबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले त्रिशुली रीभर साइड रिर्सोटद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा २०७९ साउन २५ गते देखि १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत त्रिशुली रिभर साइड रिर्सोटका मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, त्रिशुली रीभर साइड रिर्सोटका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७९ साउन २४ १७:५०




















