back
stc
prabhu insurance

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले १ः१ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

चितवन जिल्लाको रत्ननगर नपा, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ।