back
stc
prabhu insurance

हिमालयन बैंकको २१.३८% बोनस सेयर सूचीकरण

काठमाडौं । नेप्सेमा हिमालयन बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा हिमालयनले २ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ ।