back
stc
prabhu insurance

माछापुच्छ्रे बैंक र फेकनबीच भयो यस्तो सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्री एजुकेशनल कन्सलटेन्सिज अर्गनाईजेसन नेपाल ९फेकन० बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराई ले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाइ बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने जनाएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।