शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३९ हजार ९९१ कित्ता सेयर किन्ने आज भदौ ८ गते अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकेको छ ।
तसर्थ, लगानीकर्ताले १४५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ भदौ ८ ०८:१३




















