आज भदौ ८ गतेदेखि नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता सेयर बिक्री खुला
काठमाडौं । नेपाल इन्स्योरेन्सले आज भदौ ८ गतेदेखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेको छ ।
कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ भदौ ८ ०८:०१




















