back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकद्वारा सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले  सुपर लघुवित्त वित्तीय संस्थालाई  समस्याग्रस्त घोषणा गरेको छ । संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख) (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले लघुवित्तलाई किन समस्याग्रस्त घोषणा नगर्ने भन्दै स्पष्टिकरण समेत सोधेको थियो। सोहि अनुसार लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको हुँदा समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले जनाएको छ ।

असोज मसान्तको वित्तीय विवरणको सुपर लघुवित्त वित्तीय संस्थाको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खड़ा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।