अब बुधबारसम्म मात्र हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद
काठमाडौं । हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम म्याद बुधबार भदौ २९ गतेसम्म मात्र रहेको छ । यस आधारमा अब मंगलबार र बुधबार गरी जम्मा २ दिनमात्र यसमा आवेदन दिने समय रहेको छ ।
हिमालयनको ऋणपत्रमा पहिलो चरणमा सबै बिक्री नभएपछि समय थपेर २९ गतेसम्म पुर्याइएको हो । बैंकले भदौ १५ गतेबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो ।
यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक १०।५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ ।
यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ भदौ २८ १०:५५




















