back
stc
prabhu insurance

नेसनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं ।  नेसनल लाइफ इन्स्योरेन्स  कम्पनीले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको हो ।

यसले कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश पनि दिन लागेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो ।

नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ । गत वर्ष यसले १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।