back
stc
prabhu insurance

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप र वेवसाइटबाट रेमिट्यान्स सेवा

काठमाडौं । माछापुच्छ्रे र्बैंकले मोबाइल बैकिङ्ग एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ ।

उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप वा वेवसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

बैंकको अनुसार यो सेवाको लागि नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन पर्नेछ जुन लिंकमा गएर विदेशमा रहेका नेपालीले सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् ।

यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् ।

हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।