कात्तिक २१ गते कुमारी बैंकको २२औं वार्षिक साधारण सभा
काठमाडौ । कुमारी बैंकले कात्तिक २१ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै,सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने एजेन्डा छ ।
साथै, सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्ने लगायत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने भएको छ ।
हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्क रहेको छ । तसर्थ, असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ असोज ३१ ०७:५९




















