बाणिज्य बैंकहरुको निक्षेपमा ८ अर्बले बृद्धि
काठमाडौँ । एक साताको अवधिमा बाणिज्य बैंकहरुको निक्षेपमा ८ अर्बले बृद्धि भएको छ । असोज अन्तिम साता निक्षेप ८ अर्बले बढेर ४५ खर्ब १९ अर्ब पुगेको बैकर्स संघले जनाएको हो ।
असोज २१ सम्म ४५ खर्ब ११ अर्ब रहेको निक्षेप २८ गते सम्ममा ४५ खर्ब १९ अर्ब पुगेको हो । यस साता कर्जा लगानी भने सामान्य ६२ करोड बराबर मात्र परिचालन भई ४१ खर्ब ९३ अर्ब कायम भएको पनि संघले जनाएको छ ।
वि.सं.२०७९ असोज ३१ १८:१०




















