back
stc
prabhu insurance

५१ लाख कित्ता संस्थापक सेयर सानिमा बैंकले बिक्री खुला गरे

काठमाडौं । आज कात्तिक १६ गते बुधबारदेखि सानिमा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । उक्त सेयरको प्रतिकित्ता न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसै मूल्यलाई आधार मानेर आवेदन दिनुपर्नेछ ।

यसमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कात्तिक २३ गतेसम्म आवेदन दिने म्याद रहेको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।