back
stc
prabhu insurance

प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यमबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहूँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको संचालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।