back
prabhu insurance
himalayanlife

कुमारी बैंकको २ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर २८ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।