back
stc
prabhu insurance

पुसमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर

काठमाडौं । पुस महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । बैंकर्स संघको निर्णय अनुसार बैंकहरुले पुस महिनमा मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले पुसका लागि आज बिहीबार ब्याजदर प्रकाशन गरेका छन् ।

पुसमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३प्रतिशत तथा बचतको न्युनतम ७.१३३प्रतिशत र अधिकतम ९.१३३प्रतिशत सम्म कायम गरेका छन् ।

मंसिरमा विकास बैंक र फाइनान्सले ब्याज घटाएर वाणिज्य बैंकलाई ब्याजदर घटाउने दाबाब दिएका थिए ।

पुस महिनामा भने अधिकांश विकास बैंक र फाइनान्सले पनि मंसिर महिनाकै ब्याजदरलाई यथावत राखेर सूचना सार्वजनिक गरेका छन् ।