back
stc
prabhu insurance

हिमालयन बैंकको १९.११ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हिमालयन बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले नगद र बोनस शेयर सहित १९.११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्राप्त गर्ने शर्तमा घोषणा गरेको हो ।

राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।