back
stc
prabhu insurance

लुम्बिनी विकास बैंकको पुस २६ गते साधारणसभा

काठमाडौं । लुम्बिनी विकास बैंकले पुस २६ गते मंगलबार साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभा कालिकास्थान स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ । बैंकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साधारणसभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा तत सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, वर्तमान लेखापरीक्षक केएएस एसोसिएटस, चार्टड एकाउन्टेण्टस पुनस् नियुक्तीको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम संस्थापक समुहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभाले यस विकास बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा एक्विजिसन सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।