२० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंकद्वारा रिपो जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकले आज बिहिवार १४ दिने अवधिको उक्त परिमाणमा रिपो जारी गरेको हो ।
रिपोको परिपक्व हुने अवधि यही पुस २१ गते तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले बोलपत्र पेस गरेका थिए ।

वि.सं.२०७९ पुस ७ १६:३०




















