back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ रिपोमार्फत बजारमा पठाउँदै 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार आज पुस १४ गते अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ४५ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

रिपो आज बिहीबार अपराह्न २ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यो रिपो माघ २९ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने भएकाले केन्द्रीय बैंकले तरलता पठाउन लागेको हो । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।