अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमाको ‘बचत र क्यासब्याक सँगसँगै’ योजना
काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । यो योजना आउँदो चैत १ गतेसम्म लागू हुनेछ ।
योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकहरूलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गर्नेछ । यसका साथै ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक आउँदो चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।
सानिमा बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login मा क्लिक गरी खोल्न सकिनेछ ।
सानिमा बैंकको सातै प्रदेशमा एक सय ३० वटा कार्यालय र एक सय २३ वटा एटीएम सञ्जाल सञ्चालनमा रहेका छन् ।
वि.सं.२०७९ फागुन २३ २०:४५



















