नेपाल राष्ट्र बैंकले ५० करोड रुपैंयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैंयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको जानकारी दिएको छ ।
यही फागुन १४ गतेबाट पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र “२०८४” क ९५ वर्षे० को बिक्री खुल्ला गरिएको राष्ट्र बैंकको भनाई छ ।
बिक्री खुल्ला भएको अवधि यही फागुन १४ गते देखि २०७९ चैत्र तीन गतेसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०७९ चैत्र १० गते तोकिएको बचतपत्रको साँवा भुक्तानी अवधि २०८४ चैत्र १० गते तोकिएको छ । बार्षिक १२ दशमलव ५० प्रतिसत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी अर्धबार्षिकरुपमा हुने छ ।
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने छ ।
राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने छ ।
बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, प्रभुु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट प्रा.ली सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राली सहितका १५ वटा वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वि.सं.२०७९ फागुन २५ १७:३०




















