back
prabhu insurance
himalayanlife

नेप्सेमा प्रभु बैंकको शेयर सूचिकृत

काठमाडौँ। प्रभु बैंकको नाममा १० करोड ७७ हजार कित्ता बढी सेयर सूचिकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णय बमोजिम सेञ्चुरी कमर्सियल बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर प्रभु बैंकको नाममा सूचीकरण भएको हो।

योसँगै सेञ्चुरी कमर्सियल बैंकको सेयर अब प्रभु बैंकको नाममा कारोबार खुलेको छ। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।