back
stc
prabhu insurance

प्रभु बैंकले ५ लाख ७ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक शेयर आज चैत २ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले विभिन्न ७ जना व्यक्तिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री गर्ने भएको हो ।

कम्पनीले सञ्जय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा, श्रवण कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता शेयर प्रतिकित्ता १२५ रुपैयाँमा, राजेश कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता शेयर प्रतिकित्ता १२५ रुपैयाँमा, भोज कुमार सिटौलाको नाममा रहेको ३३ हजार १८ कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा विक्री गर्न लागेको हो ।

बैंकले सुचित्र मान शाक्यको नाममा रहेको ३० हजार ६५० कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा, कृष्ण प्रसाद आचार्यको नाममा रहेको ८६ हजार ४६८ कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा र बिनिता अधिकारीको नाममा रहेको २ लाख कित्ता शेयर प्रतिकित्ता १२५ रुपैयाँमा विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।