back
stc
prabhu insurance
nabil

सनराइज बैंकका दुई जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३ लाख ९ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । सनराइज बैंकका दुई जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३ लाख ९ हजार ९९१ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

जसमा संस्थापक रामकृष्ण मानन्धरले आफ्नो नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसमा, सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १२५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । यस्तै, संस्थापक मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको ४६ हजार ४९५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् ।

यसमा, सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १२८ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।