back
stc
prabhu insurance

बैंकको घटेको ब्याजदर बैशाखदेखि लागू हुने

काठमाडौँ । वाणिज्य बैंकहरुको घटेको ब्याजदर १ वैशाखदेखि नै लागू हुने भएको छ। नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याजदर कटौती गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार बिहीबार वाणिज्य बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गर्दै भोलि (२०८०) नयाँ वर्षदेखि नै लागू हुने जनाएका हुन्।

जसअनुसार फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिएको छ। संघको निर्णय अनुसार मुद्दती मात्र नभएर बचत, संस्थागत र कल निक्षेपको ब्याजदर पनि घटेको छ।