back
stc
prabhu insurance

वैशाख ८ गतेदेखि माई खोला हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ खुला गर्ने

काठमाडौं । वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि माई खोला हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।