एनआइसी एसियाको स्वामित्वमा रहेको सीआइटीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज चैत ३० गते अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम ७१० रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
वि.सं.२०७९ चैत ३० १०:१३



















