back
stc
prabhu insurance

आज जीवन विकास लघुवित्तको वार्षिक साधारण सभा

काठमाडौं । आज चैत ३० गते जीवन विकास लघुवित्तको वार्षिक साधारण सभा बस्दैछ । सभा जीवन विकासको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले १४.२८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा रहेको छ ।

यस्तै, अन्य कुनै लघुवित्त संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गरीसकेको छ । यसर्थ, चैत १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।