एनआइसी एसियाको ७ लाख १५ हजार कित्ता सेयर लिलामी बिक्री खुला
काठमाडौं । आज वैशाख ८ गतेदेखि एनआइसी एसिया बैंकले ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
यसमा वैशाख १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले यो सेयरमा न्यूनतम ३९५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेश गर्न सकिनेछ ।
वि.सं.२०८० वैशाख ८ ०८:३५




















