back
stc
prabhu insurance

निफ्राको नाफा ४२.७१ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।

निफ्राले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४२.७१ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी एक वर्षमा ४४.७५ प्रतिशतले बढेर २ अर्ब ७२ करोड ५३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । जुन कम्पनीको खुद नाफा वृद्धि गर्ने प्रमुख कारण भएको देखिन्छ ।

साथै, फि तथा कमिसन आम्दानी पनि १०३५.१३ प्रतिशतले बढेर २ करोड २७ लाख नाघेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानी दुवै विस्तार भएको छ ।

यता, निफ्राको नाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी पनि १.८१ रुपैयाँले बढेर ६.७६ रुपैयाँ पुगेको छ ।

साथै, इक्विटीमा प्रतिफल (आरओई) अघिल्लो वर्ष ४.४९ प्रतिशत रहेकामा अहिले बढेर ६.७६प्रतिशत पुगेको छ भने सम्पतिमा प्रतिफल (आरओए) ४.०७ प्रतिशतबाट ५.४९ प्रतिशत पुगेको छ ।