प्राइम कमर्सियल बैंकको कामु सीइओमा मानन्धर
काठमाडौं । प्राइम कमर्सियल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संजिव मानन्धरलाई दिएको छ ।
बैंकका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरलाई दिएको हो ।
उनी बैंकका महाप्रबन्धक हुन् । बैंकले आज साउन १७ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरले पाएका हुन् ।

वि.सं.२०८० साउन १७ ११:२८




















