back
stc
prabhu insurance

नेपाल रेमिट र अमान एक्सचेञ्चबीच रेमिट्यान्स भुक्तानी सम्झौता, रेमिट्यान्स भुक्तानी सहज

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र कुवेतको अमान एक्स्चेञ्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यससँगै कुवेतमा रहेका नेपालीहरूलाई नेपाल रेमिटमार्फत् नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुने भएको सम्झौताकर्ताको दाबी छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु।एल।एलका तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत खनालले कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा निकै खुशी भएको बताए । कुवेतमा रहेका नेपालीहरूले नेपाल रेमिटमार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्ने उनको भनाइ थियो ।

नेपालको पुरानो नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको दाबी गर्छ ।

अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो । १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यस कम्पनीले कुवेतभर फैलिएका शाखाहरूका साथै प्राविधिक रूपमा उन्नत प्लेटफर्महरू मार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ ।