back
stc
prabhu insurance

कुमारी सुनौलो लगानी योजनाको भुक्तानी ईसेवा मार्फत गर्न सकिने

काठमाडौं । कुमारी क्यापिटलले संचालन गरिरहेको खुलामुखी सामुहिक लगानी कोष योजना “कुमारी सुनौलो लगानी योजना”को भुक्तानी ईसेवा मार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

ओपन म्युचुअल फण्डको रुपमा रहको कुमारी सुनौलो लगानी योजनामा एसआईपी मार्फत वा सोझै युनिट खरिद गरेर लगानी गर्न सकिन्छ । लगानी गर्दा वेबसाइट मार्फत इसेवा प्रयोग गरेर रकम भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको हो।

इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।