भिजि ईम्पेक्स र प्रभु बैंक लिमिटेडबीच वित्तीय (फाइनान्सिङ) सम्झौता
काठमाडौँ । भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको छ ।
उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स – जि.डब्लु.एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनु प्रसाद पाण्डेले जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी लाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।
जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।
प्रभु बैंकले १२.०६ % ब्याज दर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ ।
अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८०% सम्म उपलब्ध गराउने छ साथै यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हो, तर विशेष अवस्थामा, यो ७ वर्षसम्म बढाउन सकिन्छ । थप रूपमा, ०.७५% को प्रशासन शुल्क बैंक द्वारा चार्ज हुनेछ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
वि.सं.२०८० साउन १७ १८:४९



















