भ्रामक समाचारप्रति सानिमा बैंकको गम्भिर ध्यानार्कषण
काठमाडौँ – विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा सानिमा बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा उकत बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा सत्यता नभएको व्यहोरा बैंकले आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराएको छ ।
बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको छ ।
बैंकले तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्न सम्वद्ध पक्षलाई विज्ञप्ती मार्फत सूचित गराएको छ । त्यस्ता भ्रामक गतिविधिका विरुद्द कानूनी कारबाहीको प्रक्रिया समेत अघि बढाउन बैंक बाध्य हुने विज्ञप्ती मार्फत जनाइएको छ ।
वि.सं.२०८० कात्तिक १३ ०५:१२




















