back
prabhu insurance
himalayanlife

शुक्रबार मौद्रिक समीक्षा आउँछः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार ल्याउने भएको छ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक समीक्षा शुक्रबार ल्याउन लागिएको जानकारी दिएका हुन्।

‘अर्थसचिव मुलुक बाहिर रहनु भएकोले मौद्रिक समीक्षा ल्याउन समय लागेको हो’, उनले भने, ‘उहाँ स्वदेश फर्किएपछि मौद्रिक समीक्षा शुक्रबारसम्ममा आउँछ।’

अर्थसचिव स्वदेश फर्किएपछि राष्ट्र बैंकको बोर्ड बैठक बसेर पास गर्नेबित्तिकै मौद्रिक समीक्षा सार्वजनिक गरिने गभर्नर अधिकारीले बैठकमा जानकारी दिए।