चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, उत्पादनमूलक क्षेत्रलाई राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई संशोधन गरेको छ। यस अन्तर्गत उत्पादनमूलक उद्योगको हकमा कुल तिन करोडसम्म चालू पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ।
उत्पादनमूलक बाहेक समग्र बैंकिङ्ग प्रणालीबाट एक करोडसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने भएको छ।
फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल दुई करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार विक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने रहेकोमा उत्पादनमूलक उद्योगको हकमा चार करोडसम्म निर्धारण गरिएको छ।
त्यसैगरी, इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion dow Period, Lead Time, Accounts Payble Period आदिको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोवार विक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जाको सिमा कायम गर्न सकिने भएको छ।
चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्ने छ।
त्यस्तै, तेश्रो बर्षपछि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशत कम बक्यौता कायम गर्न पाउने भएका छन्।
वि.सं.२०८० भदौ १७ ०७:१३




















