back
prabhu insurance
himalayanlife

एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट योजना

काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको छ।

बैंकले ०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत देहाय भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।

क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)

बैंकका अनुसार मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्बिङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।

यो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेको ग्राहकलाई वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने बैंकले जनाएको छ।