back
stc
prabhu insurance

मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित असार २४ गतेले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट यो शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।