back
stc
prabhu insurance

कुमारी बैंक लिमिटेड र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बिच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।