back
stc
prabhu insurance

एभरेष्ट बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। एभरेष्ट बैंक गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंकको हो।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसमा १० प्रतिशत बोनस शेयर र कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। बैंकको हालको चुक्तापुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ।