back
stc
prabhu insurance

सिटिजन्स बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ। सो मूल्यमा शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको समयसीमाभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।