कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा २०७९ साल भाद्र २० गते टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा भएको छ ।
उक्त सभामा कम्पनिको आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भयो ।
वार्षिक साधारण सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४०,००,००,०००/– को ५ प्रतिशतले हुन आउने रु. २,००,००,०००/– (अक्षरेपि रु. दुई करोड मात्र) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।
अन्तमा, सभाका अध्यक्षज्यूले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास दिलाउँदै शेयरधनि श्री कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनहरुमा अझ बढि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
े
वि.सं.२०७९ भदौ २० १८:३०


















