back
stc
prabhu insurance

सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांशमा मूल्य समायोजन

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डको १२ नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजन  पछि प्रतिइकाई १० रुपैयाँ ३० पैसालाई आधार मानेर आजको पहिलो कारोबार खुल्नेछ ।

मंगलबारको अन्तिम कारोबार मूल्य ११ रुपैयाँ ५० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

यस फन्डले १२प्रतिशत नगद लाभांश प्रयोजनका लागि बुधबार भदौ २९ गते बुक क्लोज गरेको हो । मंगलबारसम्म कायम इकाईधनीले लाभांश पाउन सक्नेछन् ।