एनआईविएल प्रगति फण्डले खातामा पठायो लाभांश
काठमाडौं । एनआइविएल एस क्यापिटलको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गरेको छ ।
फण्डले आर्थिक वर्ष २०७८/०७९ को लागि इकाईधनीहरूलाई ४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो ।
सोही लाभांश आइतबारदेखि इकाईधनीहरुको खातामा पठाउन थालेको हो ।
फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भईनसकेका इकाईधनीहरूले आफ्नो खाता नं। अद्यावधिक गराउन अनुरोध गरेको छ ।
हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुने क्यापिटलले जनाएको छ ।
वि.सं.२०७९ असोज १० ०८:३७



















