back
stc
prabhu insurance

पाँच सचिवको सरूवा

काठमाडौं । चुनावी काम चलाउ सरकारले विशिष्ठ श्रेणीका पाँच सचिवको सरुवा गरेको छ । गत असोज ७ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन,न्याय तथा संसदीय मन्त्रालयका सचिवहरूको सरुवा गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समुहमा सरुवा भएको छ ।

एक साता अघि महालेखा नियन्त्रक कार्यालयबाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समुहमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । कानुन सचिवको सरूवा न्याय परिषदले गर्ने प्रचलन रहेको छ।