back
stc
prabhu insurance

सनराईज क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सनराईज क्यापिटल लिमिटेडको संचालक समितिको २०७९ असोज ११ गते बसेको १२३ औं बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ बार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात वितरण गर्ने जानकारी गराइएको छ ।

कम्पनीले हाल शेयर निष्काशन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी ब्यवस्थापन सेवा (PMS), शेयर प्रत्यभुति लगायत सनराईज सामुहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुअल फण्ड र सनराईज ब्लूचीप फण्ड गरी २ वटा बन्दमुखी योजना संचालन गरी आएको छ भने निकट भविष्यमा नेपाल धितोपत्र बोर्टबाट स्वीकृत भए पश्चात थप १ बन्दमुखी सनराईज फोकस्ड इक्यूटि फण्ड संचालन गर्ने योजना रहेको छ ।